काठमाडौ, ११ असार । वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइएको उत्तर अफ्रिकी मुलुक लिबिया पुगेर जेल परेका ३ नेपाली श्रमिक आप्रवासन सहयोग संगठन (आइओएम)को सहयोगमा घर फिरेका छन् ।
धादिङ घर भएका प्रितिमान तामाङ, मीनबहादुर तामाङ र हेमबहादुर बन्जारा बैंकक हुँदै ४ महिनाअघि लिबियाको त्रिपोली पुगेका थिए ।
नक्कली कागजात भएका कारण बैंककमा समेत थुनाामा परेका उनीहरु त्रिपोली पुग्नासाथै साथमा रहेको नक्कली भिसाका कारण झण्डै तीन महिना जेल परेका थिए ।
यी तिनै जना आएएमओको उद्धार सहयोगमा गत मे २२ मा काठमाडौं फिर्ता भएका छन् । लिबियामा अहिले झण्डै ५ सय नेपाली रहेको अनुमान छ ।
यसैगरी, सिरियाको दमास्कसमा घरेलु काममा संलग्न रहेकी प्रतिमा गुरुङ पनि आफैं टिकट खर्च तथा उद्धार समन्वय जुटाएर गत साता घर फिरेकी छिन् ।
इजिप्टस्थित नेपाली दुतावासले गुरुङको कागजी प्रकृया र उद्धार समन्वय जुटाइदिएको थियो । द्धन्द्धग्रस्त सिरियामा पनि झण्डै ४ सय नेपाली रहेको र त्यहाँ अधिकांश घरेलु काममा संलग्न महिला रहेको जनाइएको छ । कान्तिपुर दैनिकबाट















प्रतिक्रिया