२९ आश्विन २०८३, बिहिबार

डिभोर्स गरेको श्रीमानसँग अञ्जुको मिलन…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anju_panta_manojraj_siwakoti

गायिका अञ्जु पन्त र गायक मनोज राजको बिछोडको खबर आम रुपमा सार्वजनिक भएकै हो । तर, अञ्जु र मनोजलाई सँगै मिलन गराइदिएका छन्, बैंकर तथा गीतकार गोविन्द उपाध्यायले । अन्जु र मनोजको स्वरमा गीतकार उपाध्यायको नयाँ गीत तयार भएको छ ।

गीतमा अञ्जुले भन्छिन्, कस्तो माया लाइयो हजूर ?

उनको जवाफ दिँदै मनोज भन्छन्, आँसु मात्र पाइयो हजूर ।

चोट मात्रै खाइयो हजूर…

‘अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटेको छ । तर, नाता सम्बन्ध टुटेपनि संगीतको सम्बन्ध कहिल्यै टुट्दैन भन्ने सन्देश दिन मैले उनीहरुलाई लिएर आएँ । गीतकार उपाध्यायले दैनिक नेपालसँग भने । उपाध्याय काठमाडौंको कमलादीस्थित एपेक्स डेभलपमेन्ट बैंकका सिइओ हुन् ।

अञ्जु र मनोजको स्वरले सजिएको गीतकार उपाध्यायको एल्बम ‘सत्यता २’ मा समेटिएको यो गीतमा हरि लम्सालको संगीत र किरण कँडेलको एरेन्ज छ । जुन गीत सोमबारबाट रेडियोहरुमा बझ्न पनि थालिसकेको छ । यो एल्बम बजारमा आउन भने अझै केही दिन लाग्दैछ । अञ्जु र मनोजको कथामा बगेको यो गीतलाई श्रोताले मन पराउनेमा ढुक्क छन्, उपाध्याय ।