२८ आश्विन २०८३, बुधबार

अन्तिम ३० सेकेण्डमा गोल, विश्वकपमा पोर्चुगलको सम्भावना कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Porchugal

काठमाडौं, ९ असार । विश्वकप फुटबलमा अमेरिकालाई बराबरीमा रोकेपछि पोर्चुगलको दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।

आज बिहान भएको खेलमा खेलमा पोर्चुगलले अमेरिकालाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो । खेल सकिन करिव ३० सेकेण्ड बाँकी रहेको अवस्थामा सिलवस्त्रे वरेलाले हेड गोल गरेका थिए । क्रिष्टियानो रोनाल्डोको पसमा उनले गोल गरे । बराबरीपछि अमेरिकाले समूह चरणको अन्तिम खेल अघि नै अन्तिम १६ मा स्थान बनाउने मौका गुमाएको छ ।

बेल्जियम विश्वकप फुटबलको प्री क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा रसियालाई शून्यका विरुद्ध एक गोलले हराउँदै बेल्जियम समूह एच बाट एक खेल अघि नै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बन्यो । रसियालाई हराउन गएरातीको खेलमा राम्रो प्रदर्शन गरेका ओरिगीले अल्जेरियालाई २–१ ले हराएको पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।