१ कार्तिक २०८३, शनिबार

चारवटै क्षेत्रमा मतदान शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Electionकाठमाडौं : संविधानसभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्रमा आइतबार मतदान शुरु भएको छ।

काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको ६ निर्वाचन क्षेत्रमा आइतबार बिहान सात बजेबाट मतदान सुरु भएको हो।मतदान बेलुका पाँच बजेसम्म जारी रहने छ।

मतदानका लागि प्रशासनिक तथा प्राविधिक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित सभासद्ले छोडेका क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

आयोगले सबै निर्वाचन क्षेत्रमा विद्युतीय प्रणाली प्रयोग गर्दैछ। मतदाताले विद्युतीय मेशिनमा बटन थिचेर आफूले चाहेको उम्मेदवारलाई भोट दिनेछन्। विद्युतीय मतदान भएकोले मत परिणाम सोमबार बिहानसम्ममा आइसक्ने जानकारी आयोगले दिएका छ।

निर्वाचन आयोगले संविधानसभा सदस्य चयनका लागि गर्न लागेको उपनिर्वाचनका चारवटै क्षेत्रमा सुरक्षा र व्यवस्थापन कार्य पूरा भएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ।