२९ आश्विन २०८३, बिहिबार

अध्यक्षमा मै विजयी हुन्छु: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-nepal-Candidancy1

काठमाडौँ, ७ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटमा आफ्नो पक्षमा स्पष्ट रुपमा बढी आएको र आफू अध्यक्षमा विजयी हुने जिकिर गर्नुभएको छ ।

मदन भण्डारी अध्ययन केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीलाई बलियो बनाउने युवा जमात आफ्नो पक्षमा रहेकाले आफूसहितको युवा नेतृत्व विजयी हुने निश्चित छ भन्नुभयो । वरिष्ठ नेता नेपालले भन्नुभयो–“पार्टीमा ‘जसको नेतृत्व उसको विचार’ भन्ने मान्यता अगाडि बढिरहेको अवस्थामा मैले नेतृत्व गरेको युवा जमात विचार र सिद्धान्तका हिसाबले सबल छन् ।”

महाविधेशनमा अध्यक्षका उम्मेदवारसमेत रहनु भएका वरिष्ठ नेता नेपालले महाधिवेशनमा एकता र सहमतिका साथ सम्पन्न गर्नका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै स्वतन्त्र तरिकाले प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउने वातावरणको सिर्जना गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले सिद्धान्त र विचारका हिसाबले पार्टीलाई अगाडि बनाउन र मुलुकको विकासका लागि युवा पुस्ताको माग र वर्तमान आवश्यकता भएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिने दोेहो¥याउनुभयो ।

पार्टी पोलिटब्युरो सदस्य सुरेन्द्रप्रसाद पाण्डेले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई बलियो बनाउन वरिष्ठ नेता नेपाल महाधिवेशनबाट अध्यक्ष बन्न जरुरी छ भन्नुभयो ।