२९ आश्विन २०८३, बिहिबार

मौसमी हावाका कारण वर्षात सुरु, छिनछिनमै बदली भइरहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu-weather

काठमाडौँ, ७ असार । यस वर्षको मौसमी हावाले ल्याएको वर्षा सुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी भागबाट मौसमी हावा प्रवेश गरिसकेको भए पनि त्यसको गतिविधि सक्रिय भई देशभर प्रभाव पार्न अझै तीन/चार दिन लाग्ने वरिष्ठ मौसमविद् शिव नेपालले जानकारी दिनुभयो । सामान्यतया जेठ २७ तिर सुरु हुनुपर्ने मौसमी हावा करिब १० दिनपछि सुरु भएको हो । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै अरब सागरको प्रभाव बढेपछि नेपालको पूर्वी भागबाट प्रवेश गरेको वायु मौसमी हावा हो ।

सो वायुले बंगालको खाडी, बङ्गलादेश, भारतको उत्तरपूर्वी भाग हुँदै देशको पूर्वी भागबाट प्रवेश गरी करिब ११० दिन (सेप्टेम्बर २३) सम्म गतिविधि सञ्चालन गर्ने र सो अवधिमा दक्षिण एसिया क्षेत्र तथा म्यान्मालगायतमा मनसुनका गतिविधि बढी देशको सम्पूर्ण भागमा वर्षा हुने गर्छ ।

सो गतिविधिपछि हुने वर्षाले नेपालमा धानखेतीका लागि उचित वातावरण सिर्जना गर्छ । महाशाखाका अनुसार केही दिनयता पहाडी भेगमा बदली भई छिटफुट वर्षा हुँदै आएकामा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाशमा पनि बिहानैदेखि बदली भई छिन छिनमा वर्षा भएको छ । सो क्रम आइतबार पनि जारी रहने छ । रासस