काठमाडौ, ७ असार । एमाओवादीलगायतका पाँच कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता गर्ने सहमति भएको छ । एमाओवादीको पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिवार बिहान बसेको ती दलको बैठकले कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता गर्ने समहमति गरेको हो ।
समहमति गर्ने दलहरुमा एमाओवादीसहित, नेकपा–माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा एकिकृत लगायतका दलहरु छन् । ती दलले कार्यगत एकता गर्नका लागि पाँच सदस्यीय कार्यदल समेत गठन गरेका छन् ।
कार्यदलमा कृष्णबहादुर महरा, देव गुरुङ, टिका बिक्रम हमाल, रामसिंह श्रीस र देबनारायण यादव रहेका छन् । कार्यगत एकताको कार्यबिधि, यसको राजनीतिक उदेश्य, नेतृत्व, आचारसंहिता, आगामी कार्यक्रम लगायत तय गर्ने जिम्मेवारी कार्यदललाई दिईएको नेताहरुले जानकारी दिएका छन् ।
उक्त कार्यदललले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि आगामी १२ गते कम्युनिष्ट पार्टीहरु एकै ठाउँमा भएको घोषणा गरिने उनीहरुको भनाई छ ।
















प्रतिक्रिया