२९ आश्विन २०८३, बिहिबार

विश्व संगीत दिवस नेपालमा पनि भव्यरुपमा मनाइदैँ 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

music dayकाठमाडौँ, ७ असार । सन् १९८२ देखि अनौपचारिक रुपमा मनाउन थालिएको विश्व संगीत दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । फ्रान्सदेखि मनाउन सुरु गरिएको संगीत दिवस पछिल्ला वर्षमा नेपालमा पनि धुमधाँमसँग मनाउने गरिएको छ । संगीत दिवसकै अवसरमा नेपालमा यो वर्ष पनि सांगीतिक संघको अगुवाईमा विविध कार्यक्रम गरिने भएको छ ।

संघले दिएको जानकारी अनुसार काठमाडौको सिभिल ट्रेड सेन्टरमा भव्य कार्यक्रममा साथ संगीत दिवस मनाइने छ । कार्यक्रममा झण्डै ४० जना कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् । दिवसकै अवसरमा संघले गीतकार रत्नशमसेर थापा, संगीतकार दीपक जंगम, गायिका मीरा राणा र बाद्यबादक नर्वु छिरिङलाई सम्मान गर्ने भएको छ ।