२९ आश्विन २०८३, बिहिबार

स्वास्थ्य परीक्षणमा गएका कोइराला र मुनको अमेरिकामा भेटघाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-sushil-and-banki-mun

काठमाडौँ, ७ असार । स्वास्थ्य परीक्षणका लागि अमेरिका पुग्नु भएका नेपालका प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनसँग भेट गर्नु भएको छ ।

भेटमा कोइ्रालासँग मुनले विश्वका विभिन्न देशको शान्ति मिसनमा खटिँदै आएका नेपाली सैनिकहरुको टोलीलाई लैंगिक हिसाबले सन्तुलित बनाउन आग्रह गरेको न्युयोर्कस्थित नेपाली स्थायी मिसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री कोइराला र महासचिव मुनलेकुराकानी गर्दै शान्तिस्थापनार्थ खटिने सेनामा महिलाको सहभागिता बढाउन जोड दिनु भएको थियो । मुनले संयुक्त राष्ट्र संघ शान्ति सेनामा लैंगिक समानताका लागि प्रयास गरिरहेको भन्दै नेपालबाट विश्वका विभिन्न देशमा खटिने शान्ति सैनिकमा महिला सैनिकले प्राथमिकता नपाउने गरेको बताउनु भएको थियो ।

भेटमा मुनले कोइरालाको समेत ध्यानाकर्षण गराउनु भएको थियो । भेटमा नेपालको राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाका विषयमा समेत छलफल भएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने चासो मुनले प्रधानमन्त्री कोइरालासँग राख्नु भएको थियो । कोइरालाले एकवर्षभित्र तोकिएको समयमै संविधान बन्ने महासचिव मुनलाई जानकारी गराउनु भएको थियो ।