२९ आश्विन २०८३, बिहिबार

घाँटीमा खुकुरी राखेर पाँच लाख लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

भक्तपुर, ७ असार । भक्तपुरको सिरुटार गाविस–२ गाविस भवन नजिकै एकघरमा हतियारसहित पसेको समूहले पाँच लाख ५० हजार बराबरको धनमाल लुटपाट गरेको छ ।

श्रीमान् विदेश रहेका प्रगति थापाको एकतले घरको छतबाट शुक्रबारराति करिब १ बजे घरभित्र प्रवेश गरेका तीनजनाको समूहले १२ वर्षीया छोरीसँगै सुतेकी थापाको घाँटीमा खुकुरी राखेर धनमाल लुटेका हुन् ।

खुकुरी र पेस्तोलसहित घरभित्र प्रवेश गरेका समूहले साढे ४ तोला सुनका गरगहना, ४५ हजार नगद, ल्यापटप एक थान, ट्यावलेट एक थान र मोबाइल दुई थान लुटेर लगेको स्थानीय बासिन्दा शशीजंग थापाले जानकारी दिनुभयो ।

कालो लुगामा माक्स लगाएर आएका समूहले आधाघण्टाको बीचमा सामान लिएर करिब २ बजे गएपछि थापाले होहल्ला गरेकी थिइन् । घरमा लुटपाट गरेपछि लुटेरा मोटरसाइकलमा भागेका स्थानीयवासीले बताएका छन् ।