२९ आश्विन २०८३, बिहिबार

अमेरिकी पर्यटकमाथि ठमेलमा सामुहिक बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape

काठमाडौं, ७ असार । एक अमेरिकी महिला पर्यटकले आफूमाथि सामुहिक बलात्कार भएको भन्दै उजुरी दिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

ठमेलको नर्सिङ चोकस्थित होटल ग्लोवलमा करिव ४० वर्षीया ती महिलामाथि बलात्कार भएको हो । मदिरा सेवन गरेका बेला आफूमाथि तीनजनाले बलात्कार गरेको भन्दै उनले उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले धादिङ घर भइ ठमेल बस्दै आएका गुणराज दवाडी र उनका साथी रामेछापका संजय लामालाइ पक्राउ गरेको छ ।

अन्य दुई जना फरार छन् । मदिराले मात्तिएका बेला आफूमाथि बलात्कार भएको ती महिलाको दाबी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

पक्राउ परेका दुबै जनालाई जर्वजस्ती करणी मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिए ।