पर्वत, ६ असार । वैदेशिक रोजगारमा कतार पुगेका पर्वतका एक पुरुषले घर फर्किएर श्रीमतीको हत्या गरेका छन् ।
पर्वतको बाच्छा गाविसका सन्दीप सिलबालले श्रीमती सन्जुको हत्या गरेका हुन् । उनीहरुको एक बर्षअघि मात्रै मागी विवाह भएको थियो । विहेको ४५ दिन नबित्दै सन्दीप बैदेशिक रोजगारीमा कतार गएका थिए ।
सासु तिलकुमारी सिलवालसँग मिलेर श्रीमान सन्दीपले नै हत्या गरेको आरोपमा माइती पक्षले जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
















प्रतिक्रिया