२९ आश्विन २०८३, बिहिबार

एमालेमा गुण्डा छैनन्: गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam

काठमाडौं, ६ असार । कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले आफ्नो पार्टी नेकपा एमालेमा गुण्डा नभएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गौतमले एमालेमा कुनै पनि गुण्डा प्रवेश नगरेको बताउनुभयो ।

एमाले संसदीय दलका नेता केपी ओली पक्षले गुण्डागर्दीलाई पश्रय दिएको आरोप लागेको छ भन्ने संचारकर्मीको प्रश्नको जवाफमा उहाँले भन्नुभयो– ‘गलत बाटोमा लागेकालाई सुधार्न एमालेको पनि दायित्व हो । त्यसैले विगतको पश्चाताप गर्नेलाई एमालेले मौका दिएको हो । तर, एमालेमा कुनैपनि गुण्डा प्रवेश गरेका छैनन् ।’

यदि गुण्डा नै भए कानुनी कारबाही हुने गौतमले बताउनुभयो । गुण्डागर्दी गर्ने, शान्ति सुरक्षा भंग गर्नेलाई सरकारले नछाड्ने उहाँले बताउनुभयो ।

उहाँले एमाले महाधिवेशनमा सरकारी स्रोतको कुनै पनि दुरुपयोग नहुने स्पष्ट समेत पार्नुभयो ।