२९ आश्विन २०८३, बिहिबार

मध्यपहाडी लोकमार्गको ट्रयाक बदल्न गौतमलाई खनालको ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhaphadi-lokmarga

काठमाडौँ, ६ असार । उपप्रधानमन्त्री वामदेव गौतमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले थप केही जिल्लालाई समेट्ने गरी मार्ग रेखाङ्कनको व्यवस्था गर्न नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आज ज्ञापनपत्र बुझाउनुभएको छ ।

कास्कीको वेगनासबाट लमजुङ, गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओलढुङ्गा हुँदै हाल कायम रहेको खोटाङको दिक्तेलमा पुग्ने गरी पुरानो पूर्वपश्चिमी लेकाली घोडेटोबाटोलाई आधार कायम गरी त्यस भेगबाट लोकमार्गको पुनःरेखाङ्कन गर्न उक्त ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रस्तावित ठाउँबाट लोकमार्ग सञ्चालनमा आएमा थप ५० लाख जनतालाई यातायातको सञ्जालमा ल्याउन सकिने जनाइएको छ । यसअघि लोकमार्गको अहिलेको स्थानबाट बाटो बदलेर त्यस क्षेत्रमा पु¥याउन माग गर्दै त्यसका लागि पहल गरिदिन व्यवस्थापिका–संसद्मा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद् शेरबहादुर तामाङसहित २५ जनाले अध्यक्ष खनालसमक्ष आग्रह गरेर ज्ञापनपत्र बुझाएका थिए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यलयमा भएको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल र सदस्य सहभागी हुनुहुन्थ्यो ।