अनिल खत्री
गुल्मी , ६ असार। सुशासन अभियान गुल्मीमार्फत सञ्चालित एलाक डीपी कार्यक्रम अन्तर्गत प्रदान गरिने मिडिया फेलोसिपबाट गुल्मीका तिन जना पत्रकारहरु पुरस्कृत भएका छन् ।
गुल्मी जिल्लामा सुशासन तथा भ्रष्टाचार न्युनीकरण गर्नका लागि सञ्चारको माध्यमबाट पु¥याएको योगदानको मुल्याङ्कन गदै दैनिक पत्र गुल्मीका संवाददाता शिवलाल सुवेदी, बुटवल टुडे दैनिककी गुल्मी संवाददाता गगनशिला खड्का र नागरिक दैनिकका गुल्मी संवाददाता विशाल भट्टराईलाई सम्मान गरिएको हो ।
सरकारी सेवामा ‘जवाफदेहीपन, पारदर्शीता र सदाचार प्रवद्र्धनका लागि प्रतिवद्धता पत्रमा’ हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले तीन जना पत्रकारलाई जनही नगद ५ हजारले पुरस्कृत गर्नुभएको हो । सुशासन अभियान गुल्मीले गत फागुनमा मिडिया फेलोसिपका लागि छनौट गरेको थियो ।
















प्रतिक्रिया