२९ आश्विन २०८३, बिहिबार

पर्वत क्षेत्र नम्बर दुईमा माधव नेपाल समूह अघि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

पर्वत, ६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमालेंं)को नवौ महाधिबेशनका लागि पर्वत क्षेत्र नं २ बाट सर्बसम्मत रुपमा ८ जना प्रतिनिधि चयन भएका छन ।

क्षेत्र नं २ बाट ५ जना वरिष्ठ नेता माधवकुमार नेपाल समूह र ३ जना संसदीय दलका नेता केपी ओली समूहका छन् ।

क्षेत्र नं २ बाट जिल्ला अध्यक्ष विकास लम्साल, राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य मोतीप्रसाद पौडेल, अञ्चल कमिटीका सदस्य देबेन्द्रराज पाण्डेय, जिल्ला कमिटी उपाध्यक्ष राजुप्रसाद पौडेल, उपसचिब पदमपाणी शर्मा, क्षेत्रिय कमिटीका अध्यक्ष मित्रलाल बस्याल, जिल्ला कमिटीका सदस्यहरु धनकुमारी सुबेदी र शारदा शर्मा प्रंतिनिधी चयन भएका छन् ।

सर्वसम्मत चयन भएकामा जिल्ला अध्यक्ष बिकास लम्साल, अञ्चल सदस्य देवेन्द्र पाण्डेय र महिला सदस्य शारदाकुमारी शर्मा ओली समूहका हुन भने राष्ट्रिय प्रतिनिधी परिषदका सदस्य मोतीप्रसाद पौडेल, जिल्ला कमिटी उपाध्यक्ष राजुप्रसाद पौडेल, उपसचिव पदमपाणी शर्मा, क्षेत्रिय कमिटीका अध्यक्ष मित्रलाल बस्याल, जिल्ला कमिटीका सदस्यहरु धनकुमारी सुबेदी नेपाल समूहका हुन् ।

यस अघि महाधिवेशनका लागि दलिततर्फ राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य तथा मुक्ति समाजका केन्द्रिय सचिव मनोहर बिश्वकर्मा पौडेल, अनेमसंघकी जिल्ला उपाध्यक्ष जुना नेपाली र मुक्ति समाजका जिल्ला अध्यक्ष बिष्णुराम बिक सर्वसम्मत चयन हुनुभएको छ। सर्वसम्मत चयन भएकामा पौडेल र विक नेपाल समूहका र नेपाली ओली समूहका हुन ।

खुल्ला तर्फ क्षेत्र नं १ मा ५ जना प्रतिनिधी चयन हुनेमा ११ जना र महिला तर्फ २ जना प्रतिनिधि चयन हुनेमा ५ जना उम्मेदवार छन् । क्षेत्र नं १ मा ७ जना प्रतिनिधिमा माधवकुमार नेपाल समूहबाट ४ जना र ओली समूहबाट ३ जना पठाउने प्रस्ताव माथि छलफल भएपनि सहमति भएको छैन ।