२९ आश्विन २०८३, बिहिबार

अहिलेसम्म ७५ प्रतिशत प्रतिनिधि मेरो पक्षमाः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cpnuml-4

काठमाडौँ, ६ असार । नवौं महाधिवेशनका लागि चुनावी मैदानमा उत्रिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अहिलेसम्म छनौट भएका मध्ये ७५ प्रतिशत आफ्नो पक्षको भएको दाबी गरेको छ ।

राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माधव नेपाल पक्षका युवा नेता एवं केन्द्रीय सदस्य योगेश भट्टराईले १५ प्रतिशतप्रति आफ्नो पक्षका आएको बताउनुभयो ।

‘अहिलेसम्म १२ वटा जिल्लामा छनोट भएका प्रतिनिधि मध्ये ७५ प्रतिशत प्रतिनिधि हाम्रा पक्षका छन्,’ भट्टराईले भन्नुभयो ।

नेता भट्टराईका अनुसार अहिलेसम्म मुलुकभर १ सय २५ जना प्रतिनिधि चयन भइसकेका छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पनि प्रतिनिधि छनौटसँगै आफ्नो पक्षमा माहौल आएको दाबी गर्नुभयो ।

तपाईंले अन्तिम समयमा अरुलाई नै समर्थन गर्नुहुन्छ कि भन्ने संचारकर्मीको जिज्ञासामा नेता नेपालले भन्नुभयो, म धेरै अगाडि बढिसकेँ, माधव नेपालले कुनै पनि हालतमा खुट्टा कमाउँदैन ।

नेता नेपालले पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतमलाई व्यंग्य गर्दै भन्नुभयो, म कसैलाई उठ्नै नसक्ने गरी हराउने खालको मान्छे होइन् ।

उपाध्यक्ष गौतमले केही दिन अघि राजधानीमा आयोजित एक भेलामा नेपालको नामै किटान गरेर उहाँलाई उठ्नै नसक्ने गरी अध्यक्षमा हराउने चेतावनी दिनुभएको थियो । नेपालले त्यसैको जवाफ शुक्रबार दिनुभएको हो ।

नेता नेपालले एमालेका मन्त्रीहरुले आश्वासन दिएर महाधिवेशन प्रतिनिधि प्रभावित पारेको आरोप समेत लगाउनुभयो ।

नेपाल समूहले एमालेका मन्त्रीहरुले पदको दुरुपयोग गरेको भन्दै यसअघि देखि नै विरोध जनाउँदै आएको छ ।