बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

आज भिड्ने विश्वकपका छ टीममा कस–कसले बाजी मर्लान त ?

दैनिक नेपाल २०७१ असार ६ गते १६:१८

world-cup-final5काठमाडौ, असार ६ । विश्वकप फुटबल अन्तर्गत शुक्रवार राती समूह ‘डी’ र ‘‘इ’का खेलहरु हुँदैछन् । जसमध्ये समूह ‘‘डी’को दोस्रो चरणको अन्तिम खेल राती पौने १० बजे पूर्व विश्वकप विजेता इटाली र कोस्टारिकाबीच हुँदैछ । ।

पहिलो खेलमा इंग्ल्याण्डमाथि २–१ को जित निकालेको इटाली र उरुग्वेलाई ३–१ ले हराएको कोस्टारिकाबीचको खेलमा खेलको विजेताले नकआउट चरणमा ठाउँ पक्का गर्नेछ । खेल बराबरीमा सकिए अर्को चरण प्रवेशको दावेदारी खुल्ला हुनेछ ।

विश्वकप अन्तर्गत समूह ‘‘इ’को खेलमा राति पौने १ बजे फ्रान्स र स्वीट्जरल्याण्डबीच हुँदैछ । यसअघिको पहिलो खेलमा जित हाँसिल गरेका दुबै टीमले जनुले जिते पनि विजेताले अन्तिम १६ मा ठाउँ पक्का गर्नेछ ।

होन्डुरसलाई ३–० ले हराएको फ्रान्सले र इक्वेडरलाई २–१ ले पराजित गरेको स्वीट्जरल्याण्ड दुबै आशा लाग्दा टीम हुन् । विश्वकप अन्तर्गत समूह ‘इ’को दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान पौने ४ बजे होन्डुरस र इक्वेडर भिड्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित