पर्वत, ६ असार । नेकपा कम्युनिष्ट पार्टी (एमाले)को नबौ महाधिबेशनका लागि प्रतिनिधि चयनमा पर्वतका दुई प्यानलका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
महाधिबेशनको प्रतिनिधि चयनका लागि चुनावी प्रक्रिया सुरु भएपछि क्षेत्र नं १ र २ मा माधबकुमार नेपाल र केपी शर्मा ओलीका समर्थकहरु प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन । क्षेत्र नं १ र २ मा खुल्ला र महिलातर्फ दुबै प्यानलका उम्मेदवार प्रतिष्पर्धामा छन् भने दलिततर्फका ३ जना प्रतिनिधि भने सर्बसम्मत चयन भएका छन् ।
दलिततर्फ राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य तथा मुक्ति समाजका केन्द्रिय सचिब मनोहर बिश्वकर्मा पौडेल, अनेमसंघकी जिल्ला उपाध्यक्ष जुना नेपाली र मुक्ति समाजका जिल्ला अध्यक्ष बिष्णुराम बिक सर्बसम्मत चयन भएका छन् ।
प्रतिनिधी चयनका लागि क्षेत्र नं १ बाट माधबकुमार नेपाल प्यानलबाट पर्वतमा कम्युनिष्ट पार्टीका संस्थापक समेत रहेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य गणेश शर्मा पौडेल, जिल्ला सचिब भक्त कुवँर, मोर्चा संगठन प्रमुख उदय सुबेदी, क्षेत्रिय अध्यक्ष शान्त पौडेल र जिल्ला सचिबालय सदस्य यम गुरुङ्ग प्रतिष्पर्धामा उत्रिएका छन भने ओली समूहबाट अञ्चल कमिटीका सदस्यद्वय मेघनाथ सुबेदी र प्रेमकुमार लामिछाने, जिल्ला सल्लाहकार समितिका अध्यक्ष प्रेम पौडेल, जिल्ला सचिवालय सदस्य पदम गिरी र कार्यालय सचिब लालबहादुर अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।
कुनै प्यानलमा नलागेको बताउने जिल्ला सचिबालय सदस्य गोबिन्द पहाडी पनि चुनाबी प्रतिष्पर्धामा छन् । क्षेत्र नं १ मा खुल्ला तर्फ ५ जना प्रतिनिधी चयन हुनेछन ।
क्षेत्र नं २ मा माधबकुमार नेपाल समूहबाट राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य मोतीप्रसाद पौडेल, जिल्ला उपाध्यक्ष राजु पौडेल, उपसचिब पदमपाणि शर्मा, क्षेत्रिय अध्यक्ष मित्रलाल बस्याल, जिल्ला सचिबालय सदस्य भक्तराज सुबेदी, जिल्ला सदस्य कृष्ण लम्साल, क्षेत्रिय समितिका कार्यालय सचिब परशुराम सुबेदी, इश्वरी भुसाल, गणेश बस्याल लगायतले उम्मेदवारी दिएका छन् ।
केपी ओली समूहबाट जिल्ला अध्यक्ष बिकास लम्साल, अञ्चल समितिका सदस्य देबेन्द्रराज पाण्डे, जिल्ला सचिबालय सदस्य चेतनाथ कुवँर, जिल्ला सचिवालय सदस्य भवानीप्रसाद शर्मा, जिल्ला सदस्यहरु कमल भुसाल, लालबहादुर अधिकारी, प्रेमप्रसाद शर्मा लगायतले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ मा ६ जना प्रतिनिधि निर्वाचित हुनेछन ।
यस्तै महिला तर्फ क्षेत्र नं १ मा नेपाल समुहका क्षेत्रिय समितिका हरिमाया सुबेदी र अनेमसंघकी जिल्ला सदस्य शान्ति पौडेल उम्मेवार बनेका छन् भने ओली समूहबाट अनेमसंघकी जिल्ला अध्यक्ष कमला पन्त, जिल्ला सदस्यहरु सेती महत र सरिता भण्डारी उम्मेदवार बनेका छन् ।
क्षेत्र नं २ मा नेपाल समूहबाट अञ्चल कमिटी सदस्य डम्बरकुमारी गुरुङ्ग, जिल्ला कमिटी सदस्य धनकुमारी सुबेदी, र गोमताकुमारी शर्मा र नेपाल टे«ड युनियन महासंघकी अञ्चल सदस्य हरिमाया कुवँर प्रतिष्पर्धामा छन् भने ओली समूहबाट जिल्ला सचिबालय सदस्य मञ्जु अधिकरी र जिल्ला सदस्य शारदा शर्मा प्रतिष्पर्धामा छन् । क्षेत्र नं १ र २ मा महिला तर्फ २ – २ जना प्रतिनिधि चयन हुने ब्यबस्था रहेको नेकपा(एमाले) पर्वतले जनाएको छ।
प्रतिनिधि चयनका लागि बिहीबार उम्मेदवारी दर्तादेखि सबै काम सकिएको छ भने शनिबार बिहानैदेखि मतदान प्रक्रिया शुरु हुनेछ । चुनाबका क्रममा पर्वतमा भने माधबकुमार नेपालको पक्षमा धेरै जिल्ला र अञ्चलका नेताहरु देखिएका छन् ।
केन्द्रमा वामदेब गौतम र केपी ओली समुह एक ठाउँमा भएपनि पर्वतमा भने बामदेव पक्षधर सबै माधब नेपालको पक्षमा लागेका कारण पनि नेपाल समूह बलियो देखिएको हो । नेपालको पक्षमा केन्द्रीय सदस्य तथा सभासद कल्पना चापागाई, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयनाथ चालिसे, केन्द्रिय सल्लाहकार परिषद सदस्य बिष्णु भट्टराई, राष्ट्रिय प्रंतिनिधि परिषदका सदस्यहरु गणेश शर्मा पौडेल, मोतीप्रसाद पौडेल, मनोहर बि पौडेल, अञ्चल कमिटी सदस्य डम्बरकुमारी गुरुङ्ग, जिल्ला कमिटीका उपाध्यक्ष राजु पौडेल, सचिब भक्त कुवँर, उपसचिब पदमपाणी शर्मा, क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष शान्त पौडेल, क्षेत्र नं २ का अध्यक्ष मित्रलाल बस्यालसहित जिल्ला कमिटीको ठूलो संख्या नेपाल समूहको समर्थनमा छ ।
ओली समूहमा केन्द्रीय सदस्य गणेश तिमिल्सीना, जिल्ला अध्यक्ष बिकास लम्साल, अञ्चल कमिटीका सदस्यहरु मेघनाथ सुबेदी, प्रेमकुमार लामिछाने र देबेन्द्र पाण्डेसहितका नेताहरु समर्थनमा देखिएका छन् । झलनाथ खनाल समूहका अञ्चल सदस्य मेघनाथ सुबेदी ओली समूहका लागेका छन् ।
















प्रतिक्रिया