२९ आश्विन २०८३, बिहिबार

मधेशवादी दल मिलाउन मोदीका विशेष दूत सक्रिय, माओवादी भने विभाजनको संघारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi

काठमाडौँ, ५ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अघि नै मधेशवादी दलहरु मिलाउने कसरत जारी छ ।

मोदीका विशेष दूतहरुले उनको नेपाल भ्रमण अघि नै मधेशवादी दलहरुलाई मिलाउन सक्रियता बढाएका हुन् । मोदीले मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीलाई तत्काल एकता प्रक्रिया सुरु गर्न भने अनुसार ती दलहरु एकताको लागि जुटेको स्रोतको दाबी छ । उनीहरुले मोदीको नेपाल भ्रमण अघि नै एकता प्रक्रिया सम्पन्न गर्ने गरी काम गरिरहेको स्रोतले बताएको छ ।

मधेशवादी दलहरु विभाजित हुँदा संविधानसभामा उनीहरुको भूमिका प्रभावकारी नहुने र त्यसको प्रभाव संविधानमा नदेखिने भन्दै मोदीले विशेष दूतहरु खटाएको बतायउको छ ।

मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले १० दिनभित्रै तीन पार्टीवीच एकता प्रक्रिया सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिए । तीन पार्टीबीचको एकतापछि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग पनि एकताको प्रक्रिया अघि बढाउने यादवले बताए ।

तीन मधेशी दल मिलाउने प्रयास जारी रहे पनि मोदी आउनुअघि एमाओवादी भने विभाजनको संघारमा पुगेको छ ।

अध्यक्ष प्रचण्डले मोहन बैद्यसँग एकता प्रक्रिया अगाडि बढाए पनि आफूसँग कुनै सल्लाह नगरेको भन्दै वरिष्ठ नेता डा बाबुराम भट्टराई चिढिएका छन् । संविधान नबनेसम्म एउटै पार्टीमा बस्ने निष्कर्षमा पुगेको भट्टराई पक्ष विशेष महाधिवेशनसम्म पनि सँगै जान या नजाने भन्ने दोधारमा छ ।