काठमाडौं, ५ असार । एकीकृत नेकपा माओवादीका नेता हरिवोल गजुरेलले पाँच वटा कम्युनिष्ट पार्टीबीच छिट्टै एकता हुने बताउनुभएको छ ।
काठमाडौंमा बिहीबार आयोजित साक्षात्कारमा नेता गजुरेलले एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीसहितका पाँच माओवादी विचारधारा भएका कम्यूनिष्ट पार्टीहरुवीच छिट्टै एकता हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘शिर्ष तहमा कुरा भइरहेको छ । छिट्टै पार्टी एकताको घोषणा हुन्छ ।’
एमाओवादी र माओवादीले पार्टी फुटाउनु गल्ती थियो भनेर आत्मालोचना गरिसकेको र अहिले बैद्य समूहले अघि सारेको बुँदामा छलफल जारी रहेको जानकारी दिदै उहाँले विवादमा रहेको हेटौडा महाधिवेशन र विराटनगर सम्मेलनको निर्णयको विषयमा कुराकानी भइरहेको बताउनुभयो ।
प्रजातन्त्रबादी नेतृ आङ साङ सुकीले समेत धेरै पूर्व प्रधानमन्त्री भनेर ब्यङग्य गरेको उल्लेख गर्दै उहाँले अब मुलुकमा राष्ट्रपति पद्दतिको विकल्प नभएको दावी गर्नुभयो ।
नेकपा–माओवादीका सचिव देब गुरुङले बाध्यता र आवश्यकता महसुस गरेर पाँच माओवादी कम्युनिष्ट पार्टीवीचको एकताको प्रक्रिया सुरु गरिएको जानकारी दिँदै छिट्टै पार्टी एकीकरण होस भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।
उहाँले शिर्ष तहमा एकतको विषयमा छलफल जारी रहेको जानकारी समेत दिनुभयो ।
















प्रतिक्रिया