२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधि चयनमा ओली पक्षको चमत्कार भयो: एमाले सचिव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shanker-pokhrel

काठमाडौ, ५ असार । नेकपा एमालेका सचिव शंकर पोखरेलले पार्टीको जारी प्रतिनिधि छनोटमा संसदीय दलका नेता केपी शर्मा ओली पक्षको ‘चमत्कार’ भएको दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालमा विहीबार आयोजित साक्षात्कारमा सचिव पोखरेलले अधिकांश ठाउँमा ओली पक्ष हाबी भएको बताउनुभयो ।

सचिव पोखरेलले पार्टी अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालसँग नवौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नैतिक र बैधानिक आधार नभएको दावी समेत गर्नुभयो ।

माधवकुमार नेपाल बरिष्ठ नेतासहित तीन पटक कार्यकारी भइसकेको र खनाल पनि पहिला महासचिव र अहिले अध्यक्ष भइसकेकोले विधान अनुसार उहाँहरुले उम्मेदवारी दिनै नसक्ने दाबी थियो, पोखरेलको ।

पोखरेलले भन्नुभयो – ‘माधवकुमार नेपाल र झलनाथ खनालले उम्मेदवारी दिने हो भने विधान संसोधन गर्नुपर्छ । उहाँहरुले रहर नै गर्नुभएको हो भने विधान संसोधन गरिदिउँला । तर, जित्ने त केपी ओली नै हो ।’

पार्टीको नीति र विचार केपी ओलीको भएकोले अब नेतृत्व पनि उहाँकै हुने भन्दै पोखरेलले महाधिवेशन प्रतिनिधि चयनमामा ओली पक्षमा चमत्कार भएको दाबी गर्नुभयो ।

ओलीको स्वास्थ्य अवस्थालाई लिएर भइरहेको बहसलाई लिएर उहाँले पार्टी विचारले हाँक्ने भएकोले ब्यक्तिको स्वास्थ्यले कुनै फरक नपार्ने दावी गर्नुभयो । ओली अहिले पनि सक्रियनै रहेको उहाँको कथन थियो ।

एमालेको वैचारिक नेता पोखरेल संसदीय दलका नेता ओलीका अति निकट मानिनुहुन्छ ।

तेह्रथुम, ताप्लेजुंग, रसुवा र सोलुखुम्बुमा बुधबार प्रतिनिधि चयन भएको छ । पर्साका केही क्षेत्रमा पनि बिहीबार प्रतिनिधि चयन भएको छ । कतिपय ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएपनि नेताहरुले भने आ-आफ्नो पक्ष हाबी भएको दाबी गर्दै आएका छन् ।