बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

विश्वकप फुटवलमा आज कुन–कुन देश भिड्दैछन् ?

दैनिक नेपाल २०७१ असार ५ गते १३:४५

world-cup-final5विश्वकप फुटबलको २० औँ संस्करण अन्तर्गत आज राति समुह ‘सी’ र ‘डी’का खेलहरु हुँदैछन् । समूह ‘सी’ को खेलमा राती नेपाली समय अनुसार पौने १० बजे कोलम्बिया र आइभरी कोष्ट भिड्दै छन् । यो खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । यसअघि भएको पहिलो खेलमा कोलम्बियाले ग्रीसलाई ३–० ले हराएको थियो भने आइभरी कोष्टले जापानलाई २–१ ले पछि पारेको थियो ।
विश्वकप अन्तर्गत समुह ‘डी’ को खेलमा राति पौने १ बजे इङ्गल्याण्ड र उरुग्वे भिड्दै छन् । आफ्नो पहिलो खेलमा पराजित भएका दुवै पूर्व विजेता टिमलाई दोस्रो चरण प्रवेशको सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाब छ ।
विश्वकप अन्तर्गत समुह ‘सी’ को दोस्रो चरणको अन्तिम खेलमा शुक्रवार बिहान पौने ४ बजे जापान र ग्रीस भिड्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित