२९ आश्विन २०८३, बिहिबार

सम्मानित नेता बन्न माधवलाई इश्वरको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal-and-ishor-pokhrelकञ्चनपुर, ५ असार । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले बरिष्ठ नेता माधवकुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउने प्रस्ताव राख्नुभएको छ ।

केही दिन अघि मात्र राजधानीमा एक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुभएका पोख्रेलले सोही कुरा बिहीवार प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि बताउनु भएको हो ।

उहाँले नवौँ महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी नेपालले लामो समय पार्टी नेतृत्व हाँकेकाले उहाँ सम्मानपूर्वक बस्नुपर्ने बताउनु भएको हो । ‘नेपाललाई सम्मानका लागि पद बिनाको शक्तिशाली नेता भएको हेर्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले आफ्नो सम्मानका लागि नेतृत्व हस्तान्तरण गर्ने कुरामा भुमिका खेल्नुपर्छ। ’

एमालेको आठौँ महाधिवेशनमा वरिष्ठ नेता नेपालले केपी ओलीलाई नै सघाएको स्मरण गराउदै उहाँले नवौ महाधिवेशनमा पनि ओलीलाई नै सघाउनु पर्ने उहाँको तर्क थियो । स्मरण रहोस पोख्रेलले आठौँ महाधिवेशनमा पार्टी अध्यक्ष झलनाथ खनालको प्यानलबाट महासचिव जित्नु भएको हो ।

एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमा जोड दिएकाले नेतृत्व हस्तान्तरण सहमतिमै हुनसक्ने उहाँको धारणा थियो । कार्यक्रममा पोखरेलले सत्ता साझेदार कांग्रेससित सरकार सञ्चालनमा केही विमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायम रहने पनि बताउनु भयो ।