२९ आश्विन २०८३, बिहिबार

माओवादी नेताले महिला प्रहरीलाई यौन प्रस्ताव राखेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiकाठमाडौं, ५ असार । महिला प्रहरीलाई यौन सम्पर्कको प्रस्ताव राख्ने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई जिल्ला नेतालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।

कालिकोट पुर्कोट–३ का ३० वर्षीय सुदीप परियार र बाँके वनकटुवा–९ का ३० वर्षीय सिर्जन बीसीलाई हिरासतमा राखी प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको हो । परिवार र बीसी दुवै नेकपा–माओवादी काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।

उनीहरुसँगै पक्राउ परेका नेपाली सेनाका जवान सिन्धुपाल्चोक चिलाउने–९ का छिरिङ तामाङलाई भने प्रहरीले सेनाको जिम्मा लगाएको छ । सेनाले उनलाई पनि कोर्टमार्सल सुरु गरेको बताइएको छ ।

प्रहरीका अनुसार, गत जेठ ३० गतेराति उनीहरुले एक महिला प्रहरीलाई यौन प्रस्ताव राखेका थिए । राति करिब सवा ९ बजेतिर काठमाडौंको चावहिलचोकमा सादा पोशाकमा ड्युटीमा खटिएकी महिला प्रहरीलाई तिम्रो रेट कति हो, सुन्धारा जाऔं, सेक्स गरौं, फेरि यही ठाउँमा ल्याएर छाडिदिऔंला भनेछन्,’, महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी अभिनारायण काफ्लेले भने ।

डीएसपी काफ्लेका अनुसार,  महिला प्रहरीलाई नगरवधु ठानेपछि उनीहरु फन्दामा परेका हुन् । महिला प्रहरीसँगै रहेका सादा पोशाकका पुरुष प्रहरीले उनीहरुलाई पक्रेका हुन् ।

रातिको समयमा बाटो हिंड्ने महिलाहरुलाई चावहिल पिपलबोटमा उच्छृंखल व्यक्तिहरुले दुःख दिने गरेको गुनासो आएपछि गौशाला वृत्तले महिला प्रहरीलाई सादा पोशाकमा खटाएको थियो ।