विराटनगर, ५ असार । निक्कै कम वोल्ने स्वाभावका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुशील कोइराला नेतृत्वको सरकारलाई सुस्त मनिस्थितिको सरकार भएको आरोप लगाउनु भएको छ ।
बिहीबार बिराटनगरको रोडसेस चोकस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यादवले यस्तो आरोप लगाउनु भएको हो । कोइराला नेतृत्वको सरकार सुस्त मनस्थितिको सरकार भएको भन्दै उहाँले उक्त सरकारले ३८ अर्ब रकमान्तर गरेर भ्रष्टाचार गर्नुबाहेक अन्य कुनै राम्रो काम गर्न नसकेको ठोकुवा गर्नुभयो ।
बर्तमान सरकारले वर्ष दिनमा संविधान दिन नसक्ने पनि उहाँले ठोकुवा गर्नुभयो । सबैलाई नसमेटिकन बहुमतका आधारमा पेलेर संविधान बनाउन प्रयास गरिए त्यस्तो संविधानलाई आफूहरुले नमान्ने र सडक आन्दोलनमा जाने उहाँको चेतावनी थियो । त्यसैगरी उहाँले भारतमा नरेन्द्र मोदी नयाँ प्रधानमन्त्री बन्दैमा नेपाललाई भारतले हेर्ने नीतिमा केही फेरबदल नहुने दाबीसमेत गर्नुभयो ।
















प्रतिक्रिया