चितवन, ५ असार । प्रधानमन्त्री सुशील कोइरालाले जितेको चितवन क्षेत्र नम्बर ४ मा असार ८ गते उपनिर्वाचत हुँदैछ ।
सुशीलको उत्तराधिकारीका रुपमा काँग्रेसले रामकृष्ण घिमिरेलाई अगाडि बढाएको छ भने यसअघि नै सुशीललाई टक्कर दिएकी पार्वती रावललाई एमालेले फेरि दोहो¥याएको छ ।
काँग्रेस र एमाले दुवैले आफ्नो जित सुनिश्चित हुने दाबी गरिरहेका छन् । चुनाव प्रचारका लागि चितवन पुगेका काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले चितवनसहित उपननिर्वाचन हुन लागेको चार वटै क्षेत्रमा काँग्रेसले जित्ने ठोकुवा गर्नुभएको छ ।
काँग्रेसका युवा नेता धनराज गुरुङ र अर्का युवानेता प्रदीप पौडेलले चितवनका मतदाताले विकास निर्माण चाहेको र त्यसका लागि भन्दा अर्को रामकष्ण पोखरेल नै उपयुक्त उम्मेदवार कोही हुनै नसक्ने जिकिर गर्नुभयो ।
यता, नेकपा एमालेले भने आफ्ना उम्मेदवार पार्वती रावलको जीत सुनिश्चित भएको निश्कर्ष निकालेको छ ।
बुधवार पार्टी कार्यालय भरतपुरमा जिल्लामा उपलब्ध केन्द्रिय नेताहरु, जिल्ला कमिटिका पदाधिकारी र क्षेत्र नम्वर चारका एमाले नेताहरुको संयुक्त बैठकले यसपटकको निर्वाचनमा उम्मेदवार रावलको जीत सुनिश्चित भएको निश्कर्ष निकालेको हो ।
बैठकमा पार्टीले क्षेत्रमा खटाएको मत सर्वेक्षण टोलीले प्राप्त गर्न सक्ने मतको आंकलन सहितको प्रतिवेदन पेश गरेको थियो । जिल्ला प्रचार बिभाग प्रमुख अरुणपिडीत भण्डारीका अनुसार मत सर्वेक्षण टोलीले एमाले उम्मेदवार पार्वती रावलले २१ हजार भन्दा बढी मत प्राप्त गरी बिजयी हासिल गर्ने प्रतिवेदन पेस गरेको हो ।
बिगत भन्दा पार्टीको संगठन बलियो भएको, दुई पटक पराजित भएपनि युवा, महिला र शसक्त उम्मेदवारका रुपमा फेरी मतदाताले ब्यापक साहानुभुति देखाएको, तुलानात्मक रुपमा प्रतिष्पर्धीहरु कमजोर देखिएको, बिगतका बिजेताले दिएका आश्वासन पूरा नभएकाले जनतामा उनीहरुप्रति निराशा बढेको जस्ता कारणले रावलको पक्षमा नतिजा स्पष्ट आउने अवस्था भएको एमालेले ठहर गरेको प्रचार बिभाग प्रमुख भण्डारीले बताउनुभयो ।
बैठकमा एमाले पोलिट्ब्युरो सदस्य काशीनाथ अधिकारीले चितवन चारमा भारतमा नरेन्द्र मोदीको झैं पार्वती रावलको पक्षमा माहोल सिर्जना भएको धारणा राख्नुभयो । अरु पार्टीले गढका रुपमा प्रचारवाजी गरेको अवस्थामा त्यसलाई भत्काउन र जनमत बटुल्ने प्रभावकारी अभियान सञ्चालन गरेकोमा अधिकारीले पार्टीका नेता कार्यकर्ता, क्षेत्र नम्वर चारका आम शुभेच्छुक र मतदातामा धन्यवाद पनि ब्यक्त गर्नु्भयो ।
त्यस्तै बैठकमा बोल्दै पार्टी केन्द्रिय सदस्य देवी ज्ञवालीले शसक्त महिला उम्मेदवार पार्वती रावलको जीत सुनिश्चित हुन पुगेको अवस्थामा बिपक्षीहरुले आचारसंहिता तोडेर गतिविधी सञ्चालन गर्ने तर्फ सचेतता अपनाउनुपर्ने बताउनुभयो । उहांले काँग्रेसले ब्यापक आचारसंहिता उलंघन गरेको तर्फ निर्वाचन आयोगले ध्यानाकर्षण जनाएकोमा पनि आभार ब्यक्त गर्दै थप सक्रियता देखाउन आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले क्षेत्र नम्वर चारमा यसपटक महिला उम्मेदवार पार्वती रावलको पक्षमा उर्लिएको जनमत र साहानुभुतिले अत्यन्त हौसला मिलेको बताउनुभयो ।
बैठकमा वोल्दै एमाले उपाध्यक्ष तथा सभासद कृष्णभक्त पोख्रेलले अव पार्वती रावलको जीत हुन नसक्नु भनेको सूर्यलाई हत्केलाले छेक्छु भन्नु जस्तै भएको बताउनुभयो ।
बैठकमा उम्मेदवार पार्वती रावलले आफु क्षेत्र नम्वर चारमा एमालेको मात्र नभई सबै उत्पीडित महिला, दलित, जनजाती, सुकुम्वासी, किसान, मजदुर, युवा सबैको साझा उम्मेदवार भएको बताउनुभयो । उहाँंले आफू पार्टी भन्दा माथि उठेर पिछडिएका महिला, दलित, जनजाती लगायत सबै उत्पीडित समुदायको पक्षमा अटलताका साथमा लागि पर्ने अठोट ब्यक्त गर्नुभयो ।
एमालेले बिहीबार शिवनगरमा एमाले अध्यक्ष झलनाथ खनालको प्रमुख आतिथ्यमा आमसभा समेत आयोजना गरेको छ।














प्रतिक्रिया