२९ आश्विन २०८३, बिहिबार

वेश्यालयमा युवती बेच्ने गिरोह पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-bechbikhan-cheli-paisa

विराटनगर, ५ असार । मोरङको एक युवतीलाई ललाइफकाई भारतको दिल्लीस्थित वेश्यालयमा एक लाख ५० हजारमा बिक्री गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका गोर्खाली टोल निवासी ४५ वर्षीया मीना तामाङ, सोही स्थान बस्ने २२ वर्षीया सुजना तामाङ, २२ वर्षीय विष्णु तामाङ र २५ वर्षीय सुनवार राई छन् ।

अनुसन्धानका क्रममा पक्राउ परेकालाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।