बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

विश्व फुटबलमा स्पेनको प्रत्भुत्व समाप्त, समूह चरणबाटै घरफिर्ता

दैनिक नेपाल २०७१ असार ५ गते ९:५१

spain

काठमाडौं, ५ असार । डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ ।

बिहीबार बिहान भएको खेलमा चिलीले २-० ले स्पेनलाई हराएको हो । जीतसँगै चिली पनि नेदरल्याण्डस्सँगै चिली अन्तिम १६ मा पुग्नेछ । पहिलो खेलमा नेदरल्याण्डसँग स्पेन ५९१ गोल अन्तरले पराजित भएको थियो ।

सन् २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरो कपको उपाधि जितेको स्पेनलाई विश्वकप सुरु हुँदासम्म पनि उपाधिको मुख्य दावेदारका रुपमा हेरिएको थियो । तर, बिहीबारबाट विश्व फुटबलमा स्पेनको प्रत्भुत्व समाप्त भएको छ ।

यता नेदरल्याण्डसले लगातार दोस्रो जित हासिल गरेको छ । चार वर्ष अघिको उपविजेता नेदरल्याण्ड्सले गएरातीको दोस्रो खेलमा अष्ट्रेलियालाई ३–२ ले पाखा लगायो । जितसँगै ६ अंक जोडेको नेदरल्याण्ड्स समूह सी अन्र्तगत विश्वकप फुटबलको नकआउट चरण् पुग्ने पक्का भएको छ । खेलमा नेदरल्याण्डले २० औं मिनेटमा आर्जेन रोविनको गोलबाट अग्रता लिएको थियो । त्यसको एक मिनेटमै अष्ट्रेलियाले गोल फर्काए पनि अन्तिममा पराजय भोग्नु पर्यो ।

त्यस्तै बिहान सकिएको अर्कौ खेलमा क्रोएसियाले क्यामरुनमाथि सानदार जीत हासिल गरेको छ । १० खेलाडीमा समिति क्यामरुनले क्रोएसियासँग ० का विरुद्ध ४ गोल खाएको छ । हारसँगै क्यामरुन फिफा वल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

यसैबीच आज राती र भोलि बिहान ३ खेल हुँदैछ । पहिलो खेलमा कोलम्बियाविरुद्ध आइभोकिोष्ट, दोस्रोमा उरुग्वेविरुद्ध इङ्ग्ल्याण्ड र अर्को खेलमा जापान र ग्रीस भिड्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित