२९ आश्विन २०८३, बिहिबार

भाइको कुटाइबाट दाइको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarlahi-map

सर्लाही, ४ असार । जग्गा विवादका क्रममा भाइको कुटाइबाट बुधबार सर्लाहीको सुन्दरपुर चोहर्वा गाविसमा दाइको मृत्यु भएको छ ।

विवादित खेतमा खनजोत गरेको भन्दै सुन्दरपुर चोहर्वाका मुस्तफा अन्सारीलाई उनका भाइ अबुब अन्सारीले कुटेका थिए । अपराह्न दाजुभाइबीच कुटपिट हुँदा मुस्तफा अन्सारीको मृत्यु भएको हो ।

बसबरिया टोलको खेतमा खनजोत गरिरहेको अवस्थामा २४ वर्षीय अबुबले ४१ वर्षीय दाजु मुस्तफालाई कुटेका थिए ।

गम्भीर घाइते भएका मुस्तफालाई उपचारार्थ बरहथवा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा साँझ बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताउनुभयो । अबुबलाई प्रहरीले पक्राउ गरेको छ ।