२९ आश्विन २०८३, बिहिबार

चोरी भएको छ लाख यसरी समातियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

म्याग्दी, ४ असार । म्याग्दीको बेनीबजारबाट चोरी भएको ६ लाख रुपैया नगद सहित प्रहरीले तीन घण्टा भित्रै अभियुक्त पक्रेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट चोरी भएको ५ लाख ९९ हजार नगद सहित बागलुङ्गको बुर्तिबाङ्ग गाबिस – ९ का सुनिल भन्ने ढालेन्द्र बिकलाई पर्वतको सदरमुकाम कुस्माबाट पक्रेको हो ।

म्याग्दीको बेनी स्थित कर्नर क्याफेका सञ्चालक झलप्रसाद गौचनकाृ घरबाट बुधबार बिहान ११ बजेको समयमा रकम चोरी गरि भाग्दै गरेको अवस्थामा कुस्माबाट चोरी भएको नगद सहित बिकलाई पक्रेको जिल्ल प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। प्रहरीले चेकिङ्ग गर्ने क्रमम दिउँसो २:४५ हुलियाका आधारमा शंका मानर सोधपुछ गर्दा नगद र चोरीमा संलग्न ब्यक्तिलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी भएको नगद सहित बिकलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आवश्यक काबार्हीका लागि पठाउने उहाँले बताउनुभयो ।