२९ आश्विन २०८३, बिहिबार

सुशील अमेरिका जाँदा रामचन्द्रको यो दाउ…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Ramchandra

काठमाडौ, ४ असार । नेपाली काँग्रेसका सभापति एवं पार्टी सभापति सुशील कोइराला अमेरिका गएपछि पार्टीभित्र झनै असन्तुष्टि चुलिएको छ ।

पार्टीका सभापति समेत रहेका कोइरालाले अमेरिका भ्रमण जानुअघि कार्यबाहक सभापतिको जिम्मेवारी नदिई गएको विषयलाई लिएर नेपाली काँग्रेस भित्र तिब्र असन्तुष्टि बढेको छ ।

कोइरालाले अमेरिका जानु अघि पार्टीमा छलफल समेत नगरेको र लिखित रुपमा कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी समेत नदिएकोले असन्तुष्टि बढेको हो । पौडेल प्रधानमन्त्रीको विरोधमा तेस्रो मोर्चा बनाउने गृहकार्यमा पनि जुटेका छन् । त्यसका लागि उनले आफू निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

कोइराला प्रधानमन्त्री बनेपछि चार महिनासम्म पनि केन्द्रीय समितिको बैठक नबसेको र पार्टीमा छलफल नगरी सरकार अघि बढेको विषयलाई लिएर पौडेलले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । कार्यवाहक सभापति दिने सहमतिमा संसदीय दलको निर्वाचनमा सहयोग गरे पनि कोइरालाले धोका दिएको आरोप छ, पौडेलको ।

प्रधानमन्त्रीको ब्यवहारलाई लिएर पौडेलमात्र होइन, बरिष्ठ नेता शेरबहादुर देउवा समेत असन्तुष्ट बनेका छन ।