२९ आश्विन २०८३, बिहिबार

बेलायत र बोलिभियाको भ्रमण फलदायीः पाण्डे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra-pandeyकाठमाडौं, ४ असार । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफ्नो बेलायत र बोलिभिया भ्रमण मुलुकको बाह्य सम्बन्ध सुदृढ तुल्याउन फलदायी भएको बताएका छन् ।

बेलायतका परराष्ट्रमन्त्री विलियम हेग र बोलिभियाका राष्ट्रपतिको निमन्त्रणामा ‘जी ७७ र चीन’ ५० औँँ वार्षिकोत्सवमा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन

अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै उनले दुई मुलुकको भ्रमण कुटनीतिक रुपमा सफल भएको बताए ।

उनले यही गत जेठ २८ देखि ३० सम्म लन्डनमा भएको ‘द्वन्द्व यौन हिंसा अन्त्य’ विषयक सम्मेलनमा सहभागी भएका थिए ।

नेपालले महिलाविरुद्ध हुने घरेलु हिंसा र लैङ्गिक हिंसाका विरुद्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको, लैङ्गिक सन्तुलन तथा महिला सशक्तीकरण, महिला र बालिकाहरुको बेचबिखन र ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्दै आएको सम्मेलनमा जानकारी गराएको मन्त्री पाण्डेले बताए ।