२८ आश्विन २०८३, बुधबार

ब्राजिल मेक्सिकोसँग रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mexico & Brizalरियो दि जेनेरियो, ४ असार : विश्‍वकप फुटबलमा उपाधी दाबेदार ब्राजिल मंगलबार राती मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ।

समुह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली ब्राजिल, मेक्सिकोका गोलरक्षक गुलेर्मो ओचोआको उत्कृष्ट प्रदर्शनपछि अंक बाढ्न बाध्य भयो।

दुई खेलबाट चार अंक भएको ब्राजिल समुहको शिर्षस्थानमा छ। मेक्सिकोको चार अंक भएपनि गोल अन्तरमा ब्राजिलभन्दा पछाडी रहँदै दोस्रो स्थानमा छ।

ब्राजिलको १० खेलको जित यात्रा टुंगिएको छ।गत अगस्टमा स्विजरल्यान्डसँग १-० गोलले पराजित भएयता खेलेका सबै खेलमा ब्राजिल विजयी भएको थियो।

ब्राजिललाई अंक बाढ्न बाध्य बनाउन मेक्सिकोका गोलरक्षक गुलेर्मो ओचोआले शानदार प्रदर्शन गरे।

उनले श्रृखंलाबद्वरुपमा विपक्षी आक्रामण रोकेर टोलीको संकट टारेका थिए।समुहको अन्तिम खेलमा मेक्सिकोले क्रोएसिया र ब्राजिलले क्यामरुनको सामना गर्ने छ। -एजेन्‍सी