१ कार्तिक २०८३, शनिबार

खनाल भन्छन्- ‘मैले मैदान छाडेको छैन, म पनि सर्वसम्मतिको अध्यक्षको उम्मेदवार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath_khanal

काठमाडौ, ३ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफू पनि सर्वसम्मतिको अध्यक्ष उम्मेदवार भएको बताउनुभएको छ ।

एमाले मुख्यालय बल्खुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफूहरु सर्वसम्मत उम्मेदवार छान्ने प्रक्रियामा रहेको भन्दै आफूले अहिले नै मैदान छाडी नसकेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो–झलनाथ खनालले मैदान छाडेको छैन । म पनि उम्मेदवार हुँ तर सर्वसम्मतिको । हामी सर्वसम्मत अध्यक्ष छान्छौँ ।

अध्यक्ष खनालले प्रधानमन्त्रीले चिन्ता लिए जस्तो सत्ताको दुरुपयोग नहुने भन्दै महाधिवेशन निष्पक्ष र धाँधलीरहित हुने दावी गर्नुभयो । उहाँले अहिले अप्ठ्यारोमा परे जस्तो देखिए पनि बन्दसत्र पछि एमाले अझै शसक्त रुपमा नेपाली राजनीतिमा आउने दावी गर्नुभयो ।

महाधिवेशनको प्रतिनिधि चयन, खानाको कुपन डिजिटल प्रविधिबाट वितरण गरिने जानकारी दिँदै अध्यक्ष खनालले भोटिङ मेसिन भने रामलक्ष्मणले आविस्कार गरेको भोटिङ मेसिनबाट गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको सम्पूर्ण तयारी भई सकेको र पदाधिकारी थप्ने सहितको विषय प्रस्ताव मात्र भएकोले त्यो महाधिवेशनबाट थपघट हुन सक्ने जिकिर गर्नुभयो ।