१ कार्तिक २०८३, शनिबार

झुठो विवरण पेस गरी नागरिकता बनाउने भारतीय नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

वीरगन्ज (पर्सा), ३ असार । झुठो विवरण पेस गरी नागरिकता लिएको मुद्दामा फरार एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

भारत विहार पश्चिम चम्पारण जिल्ला, शिकारपुर थाना निवासी सुलेमान मियाँका छोरा मन्सुर खाँलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

वीरगन्ज–३ छपकैया बस्ने फरिद मिस्त्री भन्ने फरिद शेषको छोरा बनी झुठा विवरण पेस गरेर २०३३ सालमा नागरिकता लिएको र नागरिकता मुद्दामा फरार रहेका मन्सुर खाँ भन्ने मन्सुर शेषलाई विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगन्ज उपमहानगरपालिको वडा नम्बर ३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका खाँमाथि नागरिकता ऐनअन्तर्गतको कसुर मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।