१ कार्तिक २०८३, शनिबार

एमालेका मन्त्रीहरूले गुटबन्दीलाई पश्रय दिएका छन्ः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal
हेटौँडा, ३ असार । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेभित्र बढ्दै गएको गुटबन्दीलाई पार्टीबाट मन्त्री भएकाहरुले नै बढी प्रोत्साहन दिने गरेको बताएका छन् ।

प्रेस चौतारी मकवानपुरले आज हेटाँडामा आयोजना गरेको पत्रकार भेट कार्यक्रममा नेपालले एमालेका मन्त्रीहरू आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए । उनले भने, ‘समस्त कार्यकर्ताहरूलाई गुटबन्दीबाट अलग राख्नु पर्छ ।’

उनले पार्टीबाट मन्त्रीमा गएका व्यक्तिहरूले सरकारमा बसेर राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘बरु गुटबन्दीको राजनीतिलाई प्रश्रय दिइरहेकाले अब ती मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउनुपर्छ ।’