बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

तेक्वान्दो टोली मोस्को प्रस्थान

दैनिक नेपाल २०७१ असार २ गते १६:५४

1काठमाडौं, २ असार । पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित तीन सदस्यीय नेपाली टोली आज रुसको मोस्को प्रस्थान गरेका छन् ।
जुन १९ देखि २० तारिखमा हुने प्रतियोगितामा यादव कुँवरले पुरुष ६१ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यादवले स्विट्जरल्यान्डको लुसेनमा २०१३ को जुनमै भएको चौथो संस्करणमा ब्राजिलका खेलाडीलाई हराउदै कांस्य जितेका थिए । त्यसबेला उनले ६८ केजीमुनि खेलेका थिए ।

साथै उनले ‘फाइटिङ स्पिरित’ पुरस्कार समेत प्राप्त गरेका थिए । यादवलाई हालै नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड– २०७० अन्तर्गत उत्कृष्ट पारा एथलिट खेलाडीको पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

टिम व्यवस्थापक र प्रशिक्षकमा जर्नाजन ढुंगेल तथा अफिसियलमा लोकेन्द्र आचार्य रहेका छन् । प्रतियोगितामा ६० राष्ट्रका करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । यादवले प्रतिस्पर्धा गर्ने तौलसमूहमा करिब २५ जनाले खेल्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, राष्ट्रिय तेक्वान्दो टोलीका खेलाडीलगायतले बिदाइ गरे ।

प्रतिक्रिया
सम्बन्धित