२९ आश्विन २०८३, बिहिबार

‘प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य तत्काल रोकिनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koiralaसुन्दरीजल, २ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बुद्धिजीवी विभाग प्रमुख डा शेखर कोइरालाले प्रलोभनमा पारी नेपालीलाई धर्म परिवर्तन गराउने कार्य तत्काल रोकिनुपर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले जवरजस्ती धर्म परिवर्तन गराउन मुलुकको संविधानले रोकेको बताए । उनले नेपालमा धार्मिक स्वतन्त्रता दिएर नेपालको प्राचीन धर्म संस्कृतिलाई जोगाउनुपर्ने बताए ।

उनले कांग्रेस सङ्घीयताविरोधी नभएको बताए । ‘एमाओवादीले भनेजस्तो आत्मनिर्णयको अधिकारसहितको जातीय सङ्घीयताले विखण्डन निम्तिनसक्छ । त्यसको पक्षमा हामी छैनौँ,’ उनले भने ।