२९ आश्विन २०८३, बिहिबार

नेविसंघको महाधिवेशन भदौ अन्तिम साता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Student-Union1-600x240काठमाडौं, २ असार । नेपाल विद्यार्थी संघले भदौको अन्तिम साता एघारौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

राजधानीमा आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले भदौ अन्तिम साता महाविधेशन गर्ने निर्णय गरेको प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । नेविसंघले गरेको यो निर्णयलाई कांग्रेसले अनुमोदन गर्नुपर्ने छ ।

कांग्रेसले निर्णय अनुमोदन गरेमा नेविसंघको माधिवेशन भदौको २९, ३० र ३१ गते हुने छ । यस अघि पनि नेविसंघको महाधिवेशन पटक पटक स्थगित भइसकेको छ ।