चितवन, २ असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माघ ८ गते संविधान जारी गरेरै छाड्ने दृढता दोहराएका छन् ।
भरतपुर नगरपालिका–१३ मा आज आयोजित चुनावी सभामा पौडेलले संविधानका विवादित विषयहरुमा सहमति बन्दै गरेको बताए । सबै जनताको साझा संविधान बनाउन कांग्रेस लागिरहेको बताउँदै उनले विरोध गर्दैआएका वैद्य माओवादीलाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्ने दाबी गरे ।
कम्युनिस्टले मुलुकलाई अनिर्णयको बन्दी बनाएको उनले बताए । ‘कम्युनिष्टहरुले जनताका अगाडि घुँडा टेकिसकेका छन्,’ उनले भने ।















प्रतिक्रिया