१ कार्तिक २०८३, शनिबार

खनाललाई वरिष्ठ नेताको बाटो खोल्ने प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanal-Umlकाठमाडौं, २ असार । नेकपा (एमाले) को नयाँ विधानले पार्टीका निवर्तमान अध्यक्षलाई स्वतः वरिष्ठ नेताका रूपमा प्रस्ताव गरेको छ ।

एमालेमा हाल विधानतः वरिष्ठ नेता नभए पनि पूर्वमहासचिव (पार्टी प्रमुख) माधवकुमार नेपाललाई केन्द्रीय कमिटीको निर्णयका आधारमा दोस्रो वरियतामा राखिएको छ । महाधिवेशनले नयाँ अध्यक्ष चयन गरेमा वर्तमान अध्यक्ष झलनाथ खनाल अब स्वतः वरिष्ठ नेता हुने छन् ।

एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार संशोधनका लागि प्रस्ताव गरिएको विधानमा स्वतः वरिष्ठ नेता (अध्यक्षपछिको मर्यादाक्रम) मा किटान गरिएको बताए ।

विधानमा केन्द्रीय कमिटीको सङ्ख्या पनि बढाएर १ सय ४९ बनाइएको छ । त्यस्तै पदाधिकारीको सङ्ख्या पनि वृद्धि गरी १५ बनाउने प्रस्ताव गरिएको छ ।