१ कार्तिक २०८३, शनिबार

खरिद ऐनका लागि सुझाव दिन उपसमिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biccकाठमाडौं, २ असार । व्यवस्थापिका–संसद मातहतको अर्थ समितिले सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न नौ सदस्यीय उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो । समितिमा सभासद कमला पन्त, रत्न शेरचन, भीष्मराज आङ्देम्बे, शेरबहादुर तामाङ, जनार्दन ढकाल, शक्तिबहादुर बस्नेत, विक्रम पाण्डे, चन्द्रप्रकाश मैनाली र गोपाल दहित रहेका छन् । समितिले १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।

समितिको हिजो र आज बसेको बैठकमा खरिद ऐन, कार्यान्वयनका बारेमा देखिएको समस्यालाई लिएर सांसदहरूले उठाएका विषयलाई मध्यनजर गरी उपसमिति गठन गरिएको हो ।

बैठकमा विकासका लागि पूर्वाधार निर्माण तथा ठेक्कापट्टा गर्नुपर्दा वर्तमान खरिद ऐन र नियमावलीका कारण प्रक्रिया लामो र झन्झटिलो हुन गई विकास निर्माणमा समस्या उत्पन्न भएको जनाउँदै सांसदहरूले नियमावली संशोधनको टड्कारो आवश्यकता औँल्याए ।

पूर्वाधार निर्माणलाई समयमै सम्पन्न गर्न तथा ठेक्कापट्टालाई व्यवस्थित र पारदर्शी तुल्याउन ऐन, संशोधन आवश्यक रहेको समिति निष्कर्षमा पुगेको हो ।

समितिका ज्येष्ठ सदस्य भरतमोहन अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा २३ जना सदस्यले सार्वजनिक खरिद ऐनका बारेमा केन्द्रित रहेर भनाइ राखेका थिए ।