बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मेसीको गोलसँगै अर्जेन्टिनाको विजयी शुरुवात

दैनिक नेपाल २०७१ असार २ गते १२:१२

Lionel Messi Argentinaकाठमाडौँ, असार २ । अर्जेन्टिनाले मात्र होइन विश्वले नै आशा गरेका लिओनल मेस्सी विश्वकप फुटवलको २० औँ संस्करणको आफ्नो पहिलो खेलमै सफल देखिएका छन् । बोस्निाया एण्ड हर्जगोभिनासँगको पहिलो खेलमा उत्कृष्ट गोलगरेर मेसीले अर्जेन्टिनाको विजय शुरुवात गरेपछि उनको झन चर्चा भएको छ ।

उनको गोलले अर्जेन्टिना पहिलो पटक विश्वकप खेलेको बोस्निाया एण्ड हर्जगोभिनालाई २.१ गोल अन्तरले पराजित गर्न सफल भयो । बोस्निाया एण्ड हर्जगोभिनाको आत्माघाती गाृेलबाट अर्जेनिटनाले अग्रता लिएको थियो । तेस्रो मिनेटमै मेस्सीको फ्रिकिकमा डिफेण्डर कोलसिनाकले आफ्नो पोष्टमा गोल गरे । खेलको ६५ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २.० को अग्रता दिलाए । मेसीले गोन्जालो हिगुइनसँगको वान टु वानसँगै दुई डिफेण्डरलाई छलाएर गोल गरेका थिए ।

खेलमा थप गोल हुन सकेन र अर्जेन्टिना २.१ ले विजयी भयो ।

प्रतिक्रिया
सम्बन्धित