१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कोइराला सोमबार अमेरिका जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, १ असार । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि सोमबार साँझ ८ बजे संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री कोइरालाको यही असार ५ गते अमेरिकामा स्वास्थ्य जाँच हुने तय भइसकेकाले उहाँ निर्धारित कार्यक्रमको एक दिनअघि असार २ गते नै प्रस्थान गर्नुहुने भएको हो ।

प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राडा करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षा गार्ड कर्णेल प्रकाश देउजा जानुहुने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

केही दिनअघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले राम्रो अस्पतालमा उपचारका लागि सिफारिस गरेका थिए ।