काठमाडौँ, १ असार । एमाले नेत्री तथा नेपालको वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उपचारमा सङ्लग्न चिकित्सक डा. सङ्गीतलाल कसजुले नेत्री प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भएको बताउनु भएको हो । उहाँका अनुृसार प्रधानको स्वास्थ्यमा क्रमिक सुधार भए पनि फोक्सोमा सङ्क्रमण बढ्न नदिनका लागि भेन्टिलेटरमा राखिएको छ । नेत्री प्रधानको फोक्सोको सङ्क्रमण तथा मस्तिष्काघातका कारण अस्वस्थ भएपछि गत जेठ २३ गते उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालको सघन उपचार कक्ष उपचार भइरहेको छ ।
तीन वर्षदेखि अस्वस्थ रहनुभएकी ८८ वर्षीया प्रधान छ महिनादेखि बोल्न सक्नुहुन्न । नेपालको कम्युनिस्ट आन्दोलनमा छ दशकभन्दा बढी समय बिताउनुभएकी प्रधानले २०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व सम्हाल्नुभएको थियो । प्रधान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवन सङ्गिनी हुनुहुन्छ ।
















प्रतिक्रिया