१ कार्तिक २०८३, शनिबार

राज्यको शासकीय स्वरूपका बारेमा दलहरुका आ–आफ्नै डम्फु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CA-building1-300x155
काठमाडौँ, १ असार । संविधानसभाले अघिल्लो संविधानसभाको विवादित विषयका बारेको छलफललाई अघि बढाएको छ ।

संविधानसभाको आइतवार बसेको बैठकले यस्तो छलफललाई अघि बढाएको हो । बैठकमा संविधानसभामा आइतवारको बैठकमा राज्यको शासकीय स्वरूपबारे छलफल भएको नेताहरुले बताएका छन् । ‘बैठकमा तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनको सहमति तथा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको छ,’ एक सदस्यले भने ।
तर, बैठकमा प्रमुख दलहरुले आफ्नो पुरानै अडान दोहोर्‍याए पछि छलफलले आकार ग्रहण भने गर्न सकेन । बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संसद्बाट निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्राध्यक्षलाई तानाशाही बन्न नदिन सदनबाटै नियन्त्रण र सन्तुलनको व्यवस्था गर्नुपर्नेमा उहाँले जोडदिनु भएको थियो ।
एमाले सभासद् भरतमोहन अधिकारीले लोकतन्त्रलाई सुदृढ गर्न व्यवस्थापिकाबाट निर्वाचित कार्यकारी प्रमुख र आलङ्कारिक राष्ट्रपति हुनु पर्नेमा जोड दिनुभयो । एमाओवादीका सभासद् शक्ति बस्नेतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जोड दिनुभयो । राप्रपा नेपालका अध्यक्ष एवम् सभासद् कमल थापाले भने राजादेखि सबै राजनीतिक शक्ति अटाउने गरी संविधान बनाउनु पर्नेमा जोड दिनुभयो । राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्ने र दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख नरहने व्यवस्था संविधाानमा राख्नु पर्ने उहाँको सु्झाव थियो ।