२९ आश्विन २०८३, बिहिबार

झोले विद्यालय चलाउने जिल्ला शिक्षा अधिकारी अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supreme_court_nepal suprim coat

काठमाडौँ, १ असार । झोले विद्यालय खडा गरी राज्यकोष दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित छ जनाविरुद्ध आइतवार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार सिरहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीहरु दिलीपकुमार ठाकुर, खडानन्द पराजुली, कार्यक्रम अधिकृत शम्भुप्रसाद भट्टराई, स्रोत व्यक्ति श्यामकुमार यादव, श्री शङ्कर प्राथमिक विद्यालयका प्रधानाध्यापक मुकेशकुमार यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीरादेवी यादवले रु १७ लाख ६७ हजार ९ सय ५४ दुरुपयोग गरेको भन्दै आरोपपत्र दर्ता गरिएको हो ।

झोले विद्यालय खडा गरी आर्थिक वर्ष २०६७÷६८ देखि २०७०÷७१ सम्म राज्यकोषको दुरुपयोग गरेको र बदनीयतपूर्वक काम गरेको देखिएकाले आरोपपत्रमा उनीहरुलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३(१) र दफा ३(१)(घ) बमोजिमको सजाय माग दाबी गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।