१ कार्तिक २०८३, शनिबार

वैद्य भेट्न प्रचण्ड विहानै नेकपा–माओवादी हेडक्वार्टरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baidhyaकाठमाडौं, १ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग वर्तमान राजनीतिक मुद्धा समाधानमा एक ठाउँ हुने विषयम छलफल गरेका छन् ।

एमाओवादी नेता बाबु्राम भट्टराईसँग पछिल्लो समय रुष्ट बन्दै आउँनु भएका प्रचण्ड सहित नेकपा–माओवादीको वुद्धनगरस्थित हेडक्वार्टरमा आइतबार बिहानै भएको बैठकमा यसवारेमा छलफल भएको हो । एमाओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, पोष्ठबहादुर बोगटी र कृष्णबहादुर महरालगायतका पदाधिकारीहरु नेकपा–माआृवादीको कार्यालय पुग्नु भएको थियो ।

माओवाद र विचारधारा मान्ने पार्टीवीच एकताको पहलस्वरुप आयोजना गरिएको बैठकमा एमाओवादी नेता डा. बाबुराम भट्टराई समुहको भने उपस्थिति थिएन ।

छलफलम मिल्ने विषयहरुमा सहकार्य गरेर अघि बढ्ने प्रस्ताव प्रचण्ड र मोहन वैद्यले प्रस्तुत गर्नु भएको थियो । बैठकमा एमाओवादी, नेकपा–माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र मात्रिका यादव नेतृत्वको नेकपा माओवादीका नेताहरुको सहभागिता थियो । नेकपा एकीकृतका तर्फबाट परि थापाको पनि उपस्थिति थियो ।