काठमाडौं, १ असार । विश्वकप फुटबलको २० औँ संकरणमा एशियाली प्रतिनिधित्व रहेको जापान आइभरीकोष्टसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
आइभरीकोष्टसँगको पराजयसँग विश्वकप फुटबलमा जापानको शुरुवात कमजोर देखिएको छ । केहीबेरअघि मात्र सम्पन्न खेलमा खेलको शुरुवातमा जापानले अग्रता लिएको थियो । १६ औं मिनेटमा होन्डाले जापानलाई अग्रता दिलाएका ।

तर, त्यो अग्रतालई जापानले जोगाउँन नसकेपछि पहिलो खेल आइभरीकोष्टको पोल्टामा गयो । नागातोमाको पासमा डिबक्सभित्र बललाई नियन्त्रणमा लिएर सुन्दर गोल गरेका होन्डाले त्यसपछि खेलमा कुनै जादु देखाउँन सकेनन् । वरु जापानको कमजोरीको फाइदा उठाउँदै आइभरीकोष्टले दोस्रो हाफपछि जापानलाई दवावमा राख्यो र दुई मिनेटमा दुई गोल ग¥यो । ६४ औं मिनेटमा बोनीले बराबरी गोल फर्काए । उनले सर्जे ओरिएरको पासमा हेड गोल गरेका थिए ।
त्यसको लगतै ६६ औं मिनेटमा जोभिन्होले हेड गोल गर्दै आइभरीकोष्टलाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा डिडिए ड्रोग्वाको फ्रिकिक जापानका गोलरक्षकले मुस्किलले बचाए । ८५ औं मिनेटमा पनि उनको प्रयास जापानका रक्षकको खुट्टामा ठाक्किएर गएको बल पोलबाट थोरै बाहिर गएको थियो । खेलमा थप गोल हुन सकेन र आइभरीकोष्ट २–१ को जित हात पार्न सफल भयो ।











प्रतिक्रिया